यस वर्ष अलैंचीको मूल्य दोब्बर

Spread the love
A farmer is seen working on Aalaichi plant 

    यस वर्ष अलैंचीको मूल्य दोब्बरले बढेको छ गत वर्षको तुलनामा यस वर्ष अलैंचीको मूल्य दोब्बरले बढेको छ । बजारमा अलैंचीको नयाँ बाली आएसँगै मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

नयाँ अलैंची बाली भित्रिएपछि किसानमा मात्रै होइन, अहिले यो नाफामुखी व्यापारबाट फाइदा उठाउन आतुर रहेका व्यापारीहरूलाई पनि आशावादी बनाएको छ । हिजोसम्म बजारमा अलैंची प्रति क्विन्टल ५५ हजारदेखि ५६ हजार रुपैयाँसम्मको मूल्यमा कारोबार भइरहेको स्थानीय व्यापारीले बताए । गत वर्षको सोही अवधिको तुलनामा अलैंचीको मूल्य दोब्बरले बढेको स्थानीय व्यापारीले जानकारी दिएका छन् । गत वर्षको सोही अवधिमा अलैंचीको मूल्य २४ हजार रुपैयाँदेखि २७ हजार रुपैयाँ प्रतिक्विन्टलसम्म बढेको स्थानीय व्यापारी तथा अलैँची व्यवसायी संघका अध्यक्ष भद्रवीर रेग्मीले बताए ।

उनले मूल्य घटबढ भए पनि हालको मूल्य निकै उच्च रहेको भन्दै अलैंची खेती किसान र व्यापारी दुवैका लागि आकर्षक व्यवसाय बनेको बताए । अलैंची व्यापारी दिनेश अधिकारीका अनुसार एक साताअघि अलैंची प्रति क्विन्टल ६० हजार रुपैयाँमा कारोबार भइरहेको थियो । तर, अहिले प्रति क्विन्टल ५६ हजार रुपैयाँमा स्थिर भएको छ । थोरै उतारचढाव भए पनि हाल अलैंचीको मूल्य निकै आकर्षक रहेको अधिकारीको विश्वास छ ।

स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा ठूलो माग भएका कारण अलैंचीको मूल्य उच्च छ । पछिल्लो समय भाउ स्थिर रहेको र थप बृद्धि भएमा कृषक तथा व्यापारीलाई उल्लेख्य नाफा हुने व्यापारीहरुको भनाइ छ । तर, अलैंचीको बिरुवामा प्रतिकूल मौसमी अवस्था, रोग र अज्ञात कीराले असर गरेको कारण अलैंची उत्पादनमा कमी आउन सक्ने भन्दै स्थानीय किसानले चिन्ता व्यक्त गरेका छन् ।

सिद्धिङ गाविस–६ मेहेल्काका कृषक प्रेम बुढाकोटी फूल फुल्ने मौसममा सुख्खा मौसम, रोग र अज्ञात कीराको आक्रमणका कारण उत्पादनमा कमी आएको बताउँछन् । यो वर्ष झण्डै २५ देखि ३० प्रतिशत उत्पादन घट्ने स्थानीय किसानको दाबी छ । सुख्खा मौसम (खदेरी), रोग र कीरा जस्ता चुनौतिहरूको बावजुद, यस क्षेत्रमा अलैंची व्यवसाय उच्च मूल्य र बलियो बजार माग संग फस्टाउने अपेक्षा गरिएको छ, यो किसान र व्यापारीहरु को लागी एक आकर्षक उद्यम हो।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP