आज बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी संघका अनुसार शुक्रबार छपावल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ रहेको थियो । बिहीबार प्रतितोला १,१३,७०० रुपैयाँमा कारोबार भएको थियो । यो अहिलेसम्मकै उच्च मूल्य हो।
बिहीबारको तुलनामा आज सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको छ ।
बिहीबार छपवल सुनको भाउ प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ रहेकोमा एकै दिनमा प्रतितोला १८ सय रुपैयाँले बढेको छ ।
तेजाबी सुनको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको व्यवसायी संघले जनाएको छ । बिहीबार प्रति तोला १,१३,१५० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ पुगेको छ ।
Leave a Reply