Ratopiro Khabar

सत्य र सहि संचार

आज साँझ सम्ममा टिकटक बन्द हुने

Spread the love

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकलाई अस्थायी रूपमा बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई औपचारिक निर्देशन दिएको छ र आज साँझ सम्म नेपालभरि सबै टिकटक बन्द हुने छन् ।

मन्त्रालयले सरकारको निर्णयको प्रतिलिपिसहितको पत्रमा तत्काल बन्द गरेको प्राधिकरणलाई जानकारी गराएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटकलाई अस्थायी रुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले जानकारी दिए ।

राउतका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ । उनले टिकटकमाथिको प्रतिबन्ध तत्कालका लागि आवश्यक रहेको भन्दै यसलाई प्रभावकारी रूपमा लागू गर्न प्राधिकरणलाई स्पष्ट निर्देशन दिइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *