Ratopiro Khabar

सत्य र सहि संचार

एप्पललाई चोरीको आरोप,रोकियो स्मार्टवाचको बिक्री

Spread the love

एप्पलको नयाँ स्मार्टवाचलाई चोरीको आरोप सगै बिक्री र वितरण रोकलगाइएको छ । युएस इन्टरनेशनल ट्रेड कमिसन (आईटीसी) ले अर्को कम्पनीले प्याटेन्ट उल्लंघन गरेको भन्दै एप्पल घडी बिक्रीमा प्रतिबन्ध लगाएको छ ।यो निर्णय अमेरिकी राष्ट्रपति जो बाइडेनको हस्तक्षेपले उल्टाइने अपेक्षा गरिएको थियो। तर, एप्पल वाच सिरिज ६ को बिक्रीमा प्रतिबन्ध लगाइएसँगै अमेरिकामा एप्पल वाच एसईको बिक्री पनि रोकिएको छ ।

यसअघि, एप्पलले आफ्नो अनलाइन स्टोरबाट यस मोडेलको घडी बिक्रीमा रोक लगाएको थियो। मंगलबार वाट एप्पल स्टोरहरूमा पनि यी नयाँ घडीहरूको बिक्री रोकिएको छ।

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले प्याटेन्ट उल्लङ्घनको कारण एप्पल वाच सिरिज ६ र यसका पछिल्ला मोडलहरूको बिक्रीमा प्रतिबन्ध लगाएको छ। एप्पल वाच अल्ट्राका सबै मोडलहरू पेटेन्ट उल्लंघन गरेको आरोप लगाइएको छ ,चिकित्सा उपकरण निर्माता कम्पनी मासिमोसँग यसको पेटेन्ट रहेको छ ।

Apple Watch SE यस प्रतिबन्धमा समावेश गरिएको छैन र बिक्रीको लागि उपलब्ध रहन्छ। एप्पलले हालसम्म यस अवस्थाको बारेमा टिप्पणी गरेको छैन।

गत अक्टोबरमा अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगले एप्पलले रगतमा अक्सिजनको मात्रा मापन गर्न प्रयोग गरेको प्रकाशमा आधारित प्रविधि बनाउन पल्स अक्सिमिटरको प्याटेन्टको उल्लंघन गरेको फैसला गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *