Ratopiro Khabar

सत्य र सहि संचार

एनिमलको बक्स अफिसमा धमका

Spread the love

शुक्रबार रिलिज भएको फिल्म एनिमलले बक्स अफिसमा धमका मच्चएको छ।शुक्रबार वर्षको दोस्रो ठूलो ओपनिङ गरेको थियो । पहिलो दिनमै फिल्मले ६३ करोड कलेक्सन मा गरेको छ । यो उपलब्धि हासिल गर्दै नयाँ कीर्तिमान पनि बनाएको छ ।

यो फिल्मले रणवीरको करियरको सबैभन्दा ठूलो ओपनिङ हो, जसले उनलाई सुपरस्टारको ट्याग दिएको छ । यो उनको करियरको सबैभन्दा ठूलो फिल्मको रूपमा खडा भएको छ । समीक्षकबाट मिश्रित प्रतिक्रिया पाए पनि फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

बक्स अफिस रिपोर्ट अनुसार दोस्रो दिन अर्थात शनिबार फिल्मले बक्स अफिसमा ६६ करोड कलेक्सन गरेको छ । शुक्रबार र शनिबारको अवधिमा फिल्मले एक अर्बभन्दा बढीको कमाई गरेको छ । फिल्मले दुई दिनमा मात्रै १३० करोड रुपैयाँ कमाएको छ ।

फिल्मको यो धमाकेदार सफलतासँगै रणवीरले एलिट लिस्टमा स्थान सुरक्षित गरेका छन् । शाहरुख खानको ‘पठान’ र सलमान खानको ‘टाइगर ३’ सँगसँगै यशको ‘केजीएफ २’ ले मात्र दुई दिनमा १ अर्ब रुपैयाँ कमाउन सफल भएको छ । रणवीर अभिनीत “एनिमल” अब यो प्रतिष्ठित सूचीमा सामेल भएको छ, जुन दुई दिनमा यस्तो कमाई गर्ने पाँचौं भारतीय फिल्म बनेको छ। दर्शकको क्रेजलाई ध्यानमा राखी चलचित्रले आगामी दिनमा पनि आकर्षक कमाई गर्ने अपेक्षा गरिएको छ ।

for more video login

https://www.youtube.com/watch?v=bbAUoZTbF10

Leave a Reply

Your email address will not be published. Required fields are marked *