युनिलिभर नेपाल लिमिटेडले यो वर्ष लगानीकर्तालाई प्रति शेयर १५८० रुपैयाँ लाभांश दिने घोषणा गरेको छ । कम्पनीले भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट १५ सय ८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।
कम्पनी स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा युनिलिभर नेपाल लिमिटेडले यो लाभांश घोषणा गरेको हो । अघिल्लो वर्ष कम्पनीले लगानीकर्तालाई प्रतिशेयर १ हजार २ सय १५ रुपैयाँ लाभांश वितरण गरेको थियो ।
यो लाभांश प्रस्ताव साधारण स्वीकृत भएपछि लगानीकर्ताले मंसिर १२ गतेदेखि २६ गतेसम्म लाभांश पाउनेछन् । मंसिर ११ गतेसम्म शेयर खरिद गर्नेले साधारणसभामा सहभागी भई लाभांश पाउनेछन् ।”
Leave a Reply