भूकम्पमा मृत्यु हुनेको संख्या १२८ माथि

Spread the love

जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु गएको भूकम्पमा मृत्यु हुनेको संख्या १२८ पुगेको छ । भूकम्पले भेरी नगरपालिकाको खलंगा बजार र नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ ।

भूकम्पमा परी१४० जना घाइते भएका छन् भने घाइतेको संख्या निरन्तर बढ्दै गएको छ । घाइतेहरुको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । घाइतेमध्ये केहीलाई सुखेत अस्पतालमा रिफर गरिएको छ । पछिल्लो जानकारी अनुसार जाजरकोटमा ९२ जनाको ज्यान गएको छ भने रुकुम पश्चिममा ३६ जनाको यो प्राकृतिक प्रकोपका कारण मृत्यु भएको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP