धनगढी उपमहानगर क्षेत्रभित्र पर्ने कैलाली भन्सारदेखि धनगढी विमानस्थल गेटसम्मको सडकमा उपमहानगरले साइकल लेन निर्माण गरेको हो। गेटादेखि अत्तरियासम्मको ६ लेन सडक गोदावरी नगरपालिकाभित्र पर्छ।धनगढी उपमहानगरले ठेक्का आह्वान गरेर कैलाली भन्सारदेखि विमानस्थल गेटसम्म ७.१४ किलोमिटर दायाँ र ७.१४ किलोमिटर बायाँ सडकका दुवैतिर साइकल लेन निर्माण गरेको हो। ४४ लाख ९१ हजार चार सय २१ रुपैयाँ लागतमा साइकल लेन निर्माण गरिएको जनाइएको छ।
साइकल यात्रीका समस्यालाई ध्यानमा राख्दै धनगढी उपमहानगरपालिकाले कैलालीको मोहनापुल-अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी क्षेत्रमा छुट्टै साइकल लेन निर्माण गरेको छ। शनिबारदेखि ६ लेन सडकमा साइकल लेन सञ्चालन भएको हो। शनिबार बिहान धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले हरियो झन्डा देखाएर उद्घाटन गरेपछि नगर प्रमुख गोपाल हमाललगायतले साइकल लेनमा साइकल चलाएका थिए।














Leave a Reply