झुटो मा साचो लुकाएर
माया मा माया तरकाएर
फुलमा सुबास छोपेर
अखिरि गरिराखे छै के ?
भनि देउ न उसलाई
खोलिदेउ तिम्रो
ढाकेको मन
साचेको माया
फुकाउ ति तिम्रो
मनै मन मा परेका
मखमलि गाँठा।
लुकाएर कति दिन लुक्ला
छायामा सुकाएर कसरि सुक्ला
औलाएर समाल्नु पर्ला
मैलाउनु फेरि,
सम्झनामै र ला
भनिदेउ उसलाई
झुटो मा साचो देखाएर
माया मा आफ्नो बनाएर
आँखामा राखेर
मन मा सजाएर
मात्र उसलाई
उनै लाई ।








