भूकम्पपछि भारतीय प्रधानमन्त्रीले भने नेपाललाई”सबै सहयोग गर्न तयार छै”

Spread the love

जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् ।

उनले भारत नेपाली जनताको दु:खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् ।सामाजिक सञ्जाल टुइटरमा टुइट गर्दै मोदीले नेपालको दु:खद घडीमा आफू नेपाली जनतासँग सहयोगका लागि ऐक्यबद्धतातामा उभिएको बताउँदै सम्भव हुने सबै सहयोग गर्न तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु र १४० भन्दा बढी धाइते भएकाछन् ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP