रवि लामिछाने भूकम्पको केन्द्र जाजरकोटमा

Spread the love


राष्ट्रिय स्वतन्त्रता पार्टीले पाल्पाको रामपुरमा आज बिहान ११ बजेका लागि तय भएको कार्यक्रम स्थगित गरेको छ । जाजरकोटमा गएको महाभूकम्पबाट भएको ठुलो क्षतिपछि राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने कार्यलाई प्रमुख प्राथमिकतामा राखेर पार्टीले कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

भिडियो सन्देशमार्फत पार्टी सभापति रवि लामिछानेले संकटको घडीमा पार्टीको कार्यक्रम आयोजना गर्नु उचित नहुने बताए । कार्यक्रम स्थगित भए पनि भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्ने योजना रहेको पनि उनले बताए ।

उहाँले भन्नुभयो, “कात्तिक १७ गते राति जाजरकोटमा गएको भूकम्पले ठुलो क्षति पु¥याएको छ र ज्यान गुमाउनेहरु र घाइतेहरुप्रति हाम्रो समवेदना र प्रार्थना छ । यस विषम घडीमा उद्धार र राहतका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गर्न म सरकारलाई आग्रह गर्दछु। साथै, राष्ट्रिय स्वाभिमान पार्टीका सबै सदस्यहरूलाई उद्धार र राहत कार्यमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दछु।”

पार्टीको प्राथमिक फोकस विपद्बाट प्रभावितहरूलाई सहयोग गर्नेतर्फ सरेको छ र रामपुरको कार्यक्रम पछिको मितिमा सारिएको छ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP