जाजरकोट भूकम्प: रुकुम पश्चिमको एकै वडा २७ जनाको मृत्यु

Spread the love

शुक्रबार मध्यरातमा आएको भूकम्पका कारण रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । यो दुखद घटनाले आठबिस कोट नगरपालिकाको वडा नं १४ बाँके डाँडा, हल्दे टोल, ज्यामिरकोट, चेपरे, बाँकेटोल, पिपलचौर लगायतका क्षेत्र प्रभावित भएका छन् ।

जाजरकोटमा गएको भूकम्पमा रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्या आठबिसकोट नगरपालिकाको वडा नम्बर १४ मा मात्रै २७ पुगेको छ । मृत्यु हुनेमा हल्देटोलका २, ज्यामिरकोटका ९, चेपरेका ११, बाँकेटोलका १ र पिपलचौरका १ जना रहेका छन् । यी क्षेत्रमा अहिले खोजी तथा उद्धार कार्य जारी छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रुकुम पश्चिममा अहिलेसम्म कूल ३८ जनाको मृत्यु भएको छ भने आठबिस कोट नगरपालिकाको वडा नम्बर १४ सबैभन्दा बढी प्रभावित भएको छ । भूकम्पका कारण प्रभावित क्षेत्रले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नु परेको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP