जाजरकोट भुकम्पले घरबार विस्थापित भएपछि त्रिपालमा खुला आकाशमुनि रात गुजारन बाध्य छन जाजरकोटका जनता । यो चिसो रातमा खला आकासमा बस्नु पर्दा चिसो कारण ७ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा छेडागढ–१३ का ५६ वर्षीया मन्सरा कर्मी र जुनिचाँदे–४ का ८९ वर्षीया सुगिली नेपालीको शनिबार राति घरबाहिर खुला आकासमा रात बिताएको चिसोका कारण ज्यान गएको हो । यसअघि भूकम्प पछी पाँच जनाको ज्यान गएको थियो, सबैको चिसोका कारण मृत्यु भएको थियो ।
उनीहरुमा बारेकोट–४ का ७९ वर्षीय नरेन्द्रबहादुर सिंह, बारेकोट–१ का ७० वर्षीय डुमे पुन र भेरी–२ का ८८ वर्षीय दुलेश्वर कार्की रहेका छन् । केही घण्टाअघि नालागढ–४ का ८४ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्पा रावलको पनि ज्यान गएको थियो । भूकम्पका कारण जाजरकोटका करिब ६७ हजार परिवार विस्थापित भएका छन् ।
तीमध्ये ३० हजार ४१३ परिवारले मात्र पाल र कम्बलको रूपमा सहयोग पाएका छन् । मङ्सिर महिनाको चिसो रातमा एउटा पाल र कम्बलमा मात्रै बाँच्नु केही भूकम्पपीडित परिवारका लागि चुनौती बनेको छ र उनीहरुले सरकार कहा छ भनेर खोजि रहेका छन । लुहाडीको आधारभूत विद्यालयका शिक्षक प्रकाश नेपालीले चिन्ता व्यक्त गर्दै भने, ‘यस्तो कठोर परिस्थितिमा परिवारका ५–६ जना एउटै कम्बलमुनि सुत्न बाध्य छन्, यो अप्ठ्यारो अवस्था हो, राति चिसो बढेको छ । बिहान हिउँ परेको छ।” चिसो बाट कसरी जिवन बचाउने ?
Leave a Reply