Ratopiro Khabar

सत्य र सहि संचार

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र, अब के गर्छन दुर्गा र महेश ?

Spread the love

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा प्रदर्शन गर्न निषेध गरेको छ । चिकित्सा व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रव्यापी राष्ट्र बचाउ अभियानको घोषणा गरेको र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघले माइतीघर मण्डलमा गरेको प्रदर्शनपछि यस्तो निर्णय भएको हो ।

प्रशासनले मंसिर ७ गते माइतीघर मण्डलमा दुवै पक्षलाई एकै समयमा आ–आफ्ना कार्यक्रम गर्न रोक लगाएर प्रदर्शनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको  हो ।

जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतको आदेशमा उल्लेख छ । ‘एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्तिसुरक्षा भंग हुनेसक्ने तथा हुलदंगा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने’ भएकाले निषेधाज्ञा लागु गरिएको आदेशमा उल्लेख छ

निषेधाज्ञा पछि आ-आफ्नो रणनिति बानाउन दुबै समुह आन्तरिक छलफलमा जुटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *