Ratopiro Khabar

सत्य र सहि संचार

अरिजित सिंहले मङ्सिर ९ मा नेपालमा कन्सर्ट गर्ने, तयारी भव्य

Spread the love

भारतका चर्चित गायक अरिजित सिंहले आफ्नो सांगीतिक प्रस्तुति दिन नेपाल आउने भएका छन । लाइभ कन्सर्ट यही मङ्सिर ९ गते शनिबार चाबहिलस्थित हयात मैदानमा हुने भएको छ । ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले संयुक्त रुपमा आयोजना गरेको कन्सर्टको तयारी अहिले तिब्र रुपमा भइरहेको छ ।

‘अरिजित सिंह लाइभ इन नेपाल’ नामक कन्सर्टमा अरिजितले करिब ४–५ घण्टासम्म आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्। भारतमा पार्श्व गायकको रूपमा व्यापक रूपमा लोकप्रिय अरिजित सिंहले नेपालमा पनि धरै फ्यान  छन्। उनका ‘तुम ही हो’, ‘केसरिया तेरा,’ ‘खैरियत’ र ‘अपना बना ले’ जस्ता हिट गीतहरूले उनलाई नेपाली संगीत प्रेमीहरूको मनमा बसेका छन् । ग्यारेज इन्टरटेन्मेन्टले सन् २०१९ देखि अरिजितलाई नेपाल ल्याउने प्रयास गरिरहेको थियो र अब उनीहरुको प्रयास अन्ततः सफल भएको छ ।

आयोजकहरूले प्रबन्धको महत्त्वपूर्ण भाग पूरा गरिसकेका छन् र यो कार्यक्रमले मनोरञ्जन क्षेत्रमा मात्र नभई नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कन्सर्टमा करिब १०,००० दर्शकको उपस्थिति रहेको छ । कन्सर्टमा सहभागी हुन अरिजित सिंह शुक्रबार नेपाल आउने कार्यक्रम रहेको छ । नेपाली फ्यानमा पहिले  उत्साह छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *