Ratopiro Khabar

सत्य र सहि संचार

“प्रहरीले दुर्गा प्रसाईंलाई घरमै नजरबन्दको प्रयास” समर्थकको आरोप

Spread the love

चिकित्सा व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा को तिनकुनेमा  विरोध प्रदर्शन हुने भएको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । बिहीबार बल्खुमा भएको शक्तिशाली प्रदर्शन  भएको थियो। प्रशासनको कडा सुरक्षा व्यवस्थाका बाबजुद पनि समूहले शुक्रबार तिनकुनेमा अर्को विरोध प्रदर्शन गर्ने योजना बनाएको छ ।

राजधानीका ठूला चोकमा प्रहरीले कडा निगरानी गरिरहेको छ । शक्तिशाली प्रदर्शनहुने  संकेत पाएपछी प्रहरीले दुर्गा प्रसाईको निवासमा कडा नजर राख्ने र उनलाई बाहिर जान नदिने जस्ता योजना बनाएको बताइएको छ। उनका एक समर्थकले भने, “प्रसाईंको घरमा प्रहरीले कडा निगरानी राखेको छ। प्रहरीले अज्ञात प्रतिबन्ध लागू गर्न सक्ने सङ्केत पाएका छौं।” यता तीनकुनेमा प्रदर्शनका लागि हिँडेका दुर्गा प्रसाईं समर्थकहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । खासगरी तीनकुने आसपासमा प्रसाईंका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रसाईले  हामिसग कुरा गर्दै  भने , “हाम्रो माग पूरा नभएसम्म प्रणालीगत परिवर्तनको आन्दोलन जारी रहनेछ। शुक्रबार आज तिनकुनेमा  हाम्रा गतिविधिलाई केन्द्रीकृत गर्नेछौं।” उनका अनुसार आन्दोलन काठमाडौं उपत्यकामा मात्र सीमित नभई क्रमशः देशभरका ७७ वटै जिल्लामा फैलिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *