Ratopiro Khabar

सत्य र सहि संचार

वडाध्यक्षलाई आफ्नै घरमा ढोका थुनेर आगो लगाइ मार्ने प्रयास

Spread the love

धनकुटा नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा  अज्ञात समूहले आगजनी गरेको छ ।

गुरागाई परिवारसहित डाँडाखर्कस्थित घरभित्र सुतिरहेका बेला आक्रमणकारीले आगजनी गरेका हुन् । राति करिब १२ बजेतिर आगजनी भएको वडाध्यक्षले बताए । गुरागाईंले भने, “आगो भित्र पसेपछि धुवाँको दुर्गन्ध आयो। अनुसन्धान गर्दा कसैले पेट्रोल छर्केर आगो लगाएको देखेपछि ढोका बाहिरबाट ताल्चा लगाएको पाएँ। झ्याल फुटाएर निस्किएर परिवारसहित निस्किएर भाग्न सफल भएँ।”

आगो कसले लगाएको भन्ने खुलेको छैन । तर, घटनाको प्रकृति हेर्दा ज्यान मार्ने नियतले आगो लगाइएको देखिएको वडाध्यक्ष गुरागाई बताउँछन् । उनी भन्छन्, ‘गाउँमा कसैसँग पनि मेरो दुस्मनी छैन । कसले यस्तो गर्यो थाहा भएन । तर, मान्छे मार्ने नियतले ढोका थुनेर घरमा आगो लगाइदिएको प्रस्ट हुन्छ ।

आगो निभाउँन केही ढिलो भएको भए ग्यास सिलिण्डर विस्फोट भएर घर पुरै ध्वस्त हुने अवस्था रहेको उनी बताउँछन् । घटनापछि आज बिहान प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ ।

for more video news

https://youtu.be/xbHvzuUJZP0

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *