दक्षिण कोरियाले उत्पादन क्षेत्रका लागि रोजगार अनुमति प्रणाली (इपीएस) भाषा परीक्षामार्फत १५ हजार ८४८ जना नेपाली कामदार लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गणतन्त्र कोरियासँगको सहकार्यमा समझदारी पत्र (एमओयू) बमोजिम उत्पादन क्षेत्रमा कामदारका लागि ईपीएस भाषाा दरखास्त आह्वान गरेको छ ।
कोरियास्थित वैदेशिक रोजगार उच्चस्तरीय आयोगले कोरियाली भाषा परीक्षा सञ्चालन गर्न वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखालाई पत्र पठाएको छ । यसै सञ्चारको आधारमा ईपीएस शाखाले आवेदन आह्वान गरेको छ ।
आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने ईपीएस शाखाले जनाएको छ। परीक्षासम्बन्धि जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाईएको छ। १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिकहरूले आवेदन दिन सकिनेछ।
भाषा परीक्षा एकै दिन चार सिफ्टमा लिइनेछ । आवेदकहरूको संख्याको आधारमा, EPS शाखाले परीक्षा तालिका परिमार्जन गर्न सक्छ। आवेदकको संख्या बढी भएमा भाषा परीक्षामा बढी अंक ल्याउनेलाई प्राथमिकता दिई दुई चरणमा परीक्षा सञ्चालन गरिनेछ।
Leave a Reply