पहिले खाडी र मलेसियामा नेपाली युवाको वैदेशिक रोजगारीको पहिलो रोजाइका देशहरु थिए भने अहिले नेपाली युवाको रोजाइ खाडीवाट युरोपतिर मोडिएको छ । पछिल्लो वर्ष युरोपमा रोजगारीमा जाने नेपाली युवाको संख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा क्रोएसिया, माल्टा, रोमानिया र पोल्याण्डमा कुल १० हजार ६७८ युवा रोजगारीका लागि गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा दुई लाख ३१६ जनाले वैदेशिक रोजगारीका लागि स्वीकृति पाएका छन्, जसमा उल्लेखनीय संख्या युरोप जाने गरेको छ ।
अघिल्लो आर्थिक वर्ष (२०७९/८०) सँग तुलना गर्दा क्रोएसिया, माल्टा र पोल्याण्डमा रोजगारीका लागि जाने नेपाली युवाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा करिब सात हजार व्यक्ति रोजगारीका लागि गएका थिए ।
पछिल्लो चार महिनाको वैदेशिक रोजगारीको तथ्यांक विश्लेषण गर्दा समग्र वैदेशिक रोजगारीमा बृद्धि भए पनि व्यक्तिको ठूलो हिस्साले संस्थागत रोजगारीभन्दा व्यक्तिगत रोजगारीलाई प्राथमिकता दिएको प्रष्ट हुन्छ । व्यक्तिगत रोजगारीमा वैदेशिक रोजगारीमा जानेको संख्या १० हजार ६ सय ७८ रहेको छ भने सो अवधिमा १ हजार ६ सय ७० जनाले मात्रै संस्थागत रोजगारी रोजेका छन् ।
युरोपमा रोजगारीका लागि नेपाल सरकारको सहजीकरण र परामर्शको अभावमा धेरै व्यक्तिले म्यानपावर कम्पनीमार्फत व्यक्तिगत रोजगारी रोजिरहेका छन् । वैदेशिक रोजगार नीति विपरीत केही म्यानपावर कम्पनीहरूले व्यक्तिगत रोजगारीको सहजीकरण गर्दै नेपाली युवालाई युरोप पठाउने गरेको पाइएको छ।
यसैबीच, पोल्याण्डमा रोजगारीका लागि व्यक्तिगत रोजगारीका लागि स्वीकृति प्राप्त गर्ने ९०३ जनामध्ये कसैले पनि संस्थागत रोजगारी रोजेका छैनन्।यो प्रवृत्तिले युरोपमा रोजगारीका अवसर खोज्ने नेपाली युवाहरूको बढ्दो चासोलाई सङ्केत गर्छ र सरकारको यसलाई बुझ्न नसकेको देखिन्छ।यि सबै तथ्याङ्क नेपालवाट जानेको मात्र हो युएई साउदी र कतारवाट कति जना नेपाली युवा युरोप गए नेपाल सरकारलाई जानकारि नै छैन ।
for video News














Leave a Reply