Ratopiro Khabar

सत्य र सहि संचार

एनसेलले कुरा फेर्‍यो ४० करोड अमेरिकी डलर भएको थियो कारोबार

Spread the love

बेलायती कम्पनी स्पेक्ट्रलाइटले एनसेलको ८० प्रतिशत सेयरको मूल्य ४० करोड अमेरिकी डलर भएको बताएको छ । एनसेलले  विज्ञापनमार्फत दिएको विज्ञप्तिमा स्पेक्ट्रलाइटका मुख्य लगानीकर्ता सतिशलाल आचार्यले सेयर किनबेचको मूल्य ४० करोड डलर भएको बताएका हुन् ।

एनसेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी)मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो  र अन्य प्रतिस्पर्धीलाई पन्छाएर स्पेक्ट्रलाइट छानिएको आचार्यको भनाई छ । आचार्यका अनुसार सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो ।

सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ आचार्यले विज्ञप्तिमार्फत खुलाएका छन्, ‘यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *