राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका जाने भएका छन् ।
नेपाली टोलीलाई हौसला दिन लामिछानेपत्नी निकिता पौडेल लामिछाने र रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोरा पनि सँगै श्रीलंका गएका छन् । नेपाल र भारतबीचको खेल सोमबार दिउँसो स्थानीय समयअनुसार ३:१५ बजे सुरु हुनेछ ।
श्रीलंकाको क्याण्डीस्थित पालेकेले क्रिकेट मैदानमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ र यो नेपाको लागि आज सम्मको ठुलो चुनैति हो।यसलाई नेपाली खेलाडीले कसरी सामाना गर्ने छन यो सबैको कैतुहुलताको बिषय बनेको छ।








