संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती धर्मामा राजनितिक रंग दिदै

Spread the love

“क्रिस्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाएर जेल हालिदिने हो ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यही भनाइका कारण उनको राजीनामा माग्ने क्रम पनि बढिरहेको छ ।

क्रिस्चियन धर्मावलम्बीहरूले क्रिस्मसको सन्दर्भमा प्रज्ञा भवनमा बुधबार आयोजना गरेको कार्यक्रममा पर्यटनमन्त्रीले राजनीतिक भाषण गरेका थिए । उनी क्रिस्चियन धर्मावलम्बीहरूको प्रतिरक्षामा उत्रिएर राजनितिक रंग दिदै सस्तो लोकप्रिय बन्न खोज्दा आलोचित बन्न पुगेका छन ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जस्तो पदमा बसेर सबैको अभिभावग बन्नु पर्नेमा,सर्बजनिक रुपमा एउटा धर्मको अनुयायि बन्नु उनले आफ्नो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको गरिमा नै भुलेका छन्।

उनले थपदै भने त्यो संविधानको अधिकारलाई प्रयोग गर्दै, संवैधानिक अधिकारलाई मान्दै भएका हुन्,” मन्त्री किरातीले भने, “क्रिस्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाएर जेल हालिदिने हो ।”

यसो भनिसकेर उनले विश्वमा धार्मिक जनसंख्या ८५ प्रतिशत रहेको र बाँकी १५ प्रतिशतले धर्म नमान्ने भन्दै धार्मिक समुदायको ठूलो संख्या क्रिस्चियन भएको बताएका थिए ।

“यो मैले भनेको होइन, तथ्यांकले देखाउँछ विश्वमा सबैभन्दा ठूलो धार्मिक जनसंख्या क्रिस्चियनकै छ,” मन्त्री किरातीले भने, “लगभग ३० प्रतिशत भन्दा बढी धार्मिक जनसंख्या क्रिस्चियनको छ । संसारले मान्ने अनि हामीले चाहिँ नमान्ने ?”

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP