तीनदिने दबाब यात्रामा निस्किए सांसदहरू सहित रवि लामिछाने

Spread the love

राष्ट्रिय स्वतन्त्रता पार्टीका अध्यक्ष रवि लामिछानेसहित पार्टीका अन्य सदस्य तीनदिने पदयात्रामा निस्किएका छन् । लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटरको पैदल यात्रा तीन दिनभित्र गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको जीर्ण अवस्थाबारे प्रकाश पार्दै  लामिछानेले तत्काल सुधार गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउने आफ्नो उद्देश्य रहेको बताए । गौडाकोटको पुल्चोक क्षेत्रबाट सोमबार बिहान ९ बजे यात्रा सुरु गर्ने कार्यक्रम छ ।

रवि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यात्राको प्रतीकात्मक उद्देश्य सरकारको ध्यानाकर्षण गराउनु हो । सडकखण्डको जीर्ण अवस्थाका कारण नागरिकले यात्रामा ढिलाइ सहनु परेको उनले बताए । र्‍यालीमा  लामिछानेसहित राष्ट्रिय स्वतन्त्रता पार्टीका नेता तथा सांसदहरुको सक्रिय सहभागिता रहनेछ ।

उनले थपे, ‘यात्राका क्रममा हामीले मुख्य सडकबाट विचलित भएर बस्ती वा निश्चित स्थानबाट स्थानीयवासीसँग अन्तरक्रिया गर्ने उद्देश्य राखेका थियौँ । उनीहरुको समस्या सुन्न र सुझाव लिन चाहन्थ्यौँ । तर, लामो समयसम्म यात्राको अवधि बढेपछि यसपटक यस्ता अन्तरक्रियाका लागि समय छुट्याउनु अव्यावहारिक बनेको छ। यात्राको क्रममा स्वागत वा अन्य कार्यक्रम गर्न नसक्दा पनि हामी बुझिदिन अनुरोध गर्दछौं।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP