सन्दीप लामिछानेमाथिको मुद्दामा ३३ पटक पेशी चढेर स्तगित के आउला त आज फैसला

Spread the love

क्रिकेटर सन्दीप लामिछानेमाथिको यौन दुव्र्यवहारको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज अन्तिम सुनुवाइ हुँदैछ । अन्तिम सुनुवाइ सुरु भए पनि सुनुवाइमा लगातार स्थगित भएपछि कुनै निर्णय हुन सकेको छैन र मुद्दा विचाराधीन छ ।यस मुद्दामा हालसम्म ३३ पटक पेशी चढिसकेको छ र निरन्तरको सुनुवाइ स्तगित हुदैआएको छ।

न्यायाधिश शिशिराज ढकालको इजलासमा गत आइतबारको सुनुवाइ सुरु भएको थियो र लगातार सुनुवाइ भए पनि बहस टुङ्गोमा नपुगेकाले आजका लागि मुद्दाको म्याद थपिएको हो । यसअघि सोमबार र मङ्गलबार सार्वजनिक सुनुवाइ हुने गरिए पनि मुद्दाको प्रकृति हेर्दा आज सुनुवाइ हुने भएको छ ।

घटना २०७९ सालमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको समयको हो । नाबालिग बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा क्रिकेटर लामिछानेविरुद्ध कार्तिक १४ मा मुद्दा दायर भएको छ । गोशाला २६ मा परेको उजुरीमा विसं २०७९ भाद्र ५ गते १८ वर्ष मुनिका पीडितको संलग्नता भएको घटना भएको दाबी गरिएको थियो । मुद्दाले ध्यानाकर्षण गरायो र सरकार वादी बनेको थियो ।

कथित पीडितको जन्म मिति २०६२ जेठ १८ र घटनाको समयमा उनको उमेर १७ वर्ष ३ महिना रहेको दाबी गरी प्रमाण पेश गरिएको थियो । तर, प्रतिपक्षले पीडितको उमेर १८ वर्ष २ महिना रहेको दाबी गर्ने कागजातको विरोध गरेको छ जसमा जन्ममिति असार १८, २०६१ थियो ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP