मिश्रीका फाइदा ,चिनी भन्दा बहुगुणी

Spread the love

चिनीको अत्यधिक प्रयोगले रगतमा ग्लुकोजको मात्रा बढ्ने सम्भावना हुन्छ । जसकारण इन्सुलिन नामक हार्मोनको प्रभाव कम हुन थाल्छ, त्यसले मधुमेहको जोखिम बढाउँछ । योसँगै कोलेस्टेरोल पनि बढ्ने सम्भावना हुन्छ ।

तर मिश्रीले त स्वाद मात्र बढाउँदैन यसका फाइदाहरु पनि थुप्रै छन् । फाइदा र गुणबारे ज्ञानको अभावमा यसको प्रयोग घट्दै गएको हो । मिश्री खानमा मात्र होइन प्राय: आयुर्वेदिक औषधिमा पनि प्रयोग गरिन्छ । तर यसको फाइदाबारे जानकार नभएरै होला धेरैले चिनीलाई नै प्राथमिकता दिन्छन् । जसले दीर्घरोग बढाउन भूमिका खेलिरहेको हुन्छ । मिश्रीमा स्वास्थ्यमा देखापर्ने विभिन्न साना समस्या निको पार्न सक्ने क्षमता छ ।

 फाइदा 

-घाँटी दुख्ने वा रुघाखोकी लागेमा मिश्रीको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।

-मिश्री आँखाका लागि निकै फाइदाजनक मानिन्छ । किनभने यसमा भिटामिन प्रशस्त मात्रामा पाइन्छ ।

-यसले रक्तअल्पताको समस्यामा राहत मिल्छ । शरीरमा हेमोग्लोबिनको मात्रा बढाउने भएकाले रगतको कमीबाट बचाउँछ ।

-ग्लुकोजको मात्रा हुने भएकाले शरीरलाई तत्काल ऊर्जा दिन्छ ।

-मिश्री पेटका लागि निकै फाइदाजनक मानिन्छ । यसमा पाचन गुण हुन्छ, जसले खाना पचाउन मद्दत गर्छ

आयुर्वेदले सख्खरभन्दा पनि मिश्री प्रयोग गर्नु फाइदाजनक भनेको छ । खासगरी पेट, खोकी र दमको औषधिमा मिश्री प्रयोग गरिन्छ । त्यस्तै घरको भान्छामै पनि सजिलै मिश्रीलाई प्रयोग गरेर धेरै स्वास्थ्य समस्याबाट राहत पाउन सकिन्छ ।

१. अमलाको धूलोमा चिनी मिसाएर खाँदा टाउको दुख्ने समस्यामा धेरै राहत मिल्छ ।

२. मिश्री दुई ग्राम जति मुखमा राख्दा घाँटी दुख्ने र खोकीमा धेरै आराम मिल्छ ।

३. मिश्री र अलैंची मिसाएर खाँदा पनि मुखको अल्सरको समस्यामा धेरै राहत मिल्छ ।

४.  राम्रो निद्राको लागि राति दूधमा मिश्री  मिसाएर पनि पिउन सक्नुहुन्छ । यसले राति राम्रो निद्रा दिन्छ र तनाव पनि कम गर्छ ।

५. दूधमा केसर र चिनी मिसाएर पिउनाले ऊर्जा र क्रियाशीलता प्राप्त हुन्छ । साथै रक्तसञ्चार पनि राम्रो हुन्छ ।

६. मिश्रीको गाढा पानी पिउँदा ज्वरो, पेट पोल्ने, पिसाब पोल्ने,  हात, खुट्टा पोल्ने रोगमा आराम मिल्छ । पाँचदेखि १० ग्राम मिश्रीभन्दा आठ गुणा पानीमा पकाउने । त्यसको एक चौथाइ बाँकी रहेपछि काँडा तयार हुन्छ ।

७. शरीरमा शीतलता प्रदान गर्ने भएकाले गर्मीमा लु लागेकाहरुमा पनि मिश्री र पानीको मिश्रण अति प्रभावकारी हुन्छ ।

८. कुनै रोगका कारण शरीरबाट रक्तश्राव भइरहेको अवस्थामा पनि मिश्री पानी प्रभावकारी हुन्छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP