Ratopiro Khabar

सत्य र सहि संचार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २७ भदौ मा प्रदर्शन गर्ने

Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय प्रतीक गाई हत्याको विरोध गरेको छ । उनीहरुले राष्ट्रिय जनावर हत्याको विरोधमा भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने  भएका छन् । आज सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सो जानकारी दिएको हो ।

विरोध प्रदर्शनमा राप्रपासहित विभिन्न धार्मिक संघसंस्था र समूहको सहभागिता रहनेछ । पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालले सडकमा गौहत्याको विषयलाई लिएर उठेको विवादलाई नसुनेको बतए ।

शाहीले प्रधानमन्त्रीलाई आफ्नो जिम्मेवारी पूरा गर्न वा राजीनामा दिएर  घरमै बस्न आग्रह गरे । उनले राष्ट्रियता, धार्मिक तटस्थता र देशभक्तिमाथि उठेका प्रश्नका विरुद्ध सबै राष्ट्रवादी शक्तिलाई एकजुट गरी आन्दोलन गर्ने बताए ।

 उनले हिन्दू धर्म र संस्कृतिमाथि आक्रमण गर्नेहरूलाई अतिवादी र आतङ्ककारीको संज्ञा दिँदै आलोचना गरे। उनले आफूहरूले धर्म र संस्कृतिको रक्षा गरिरहेको र तिनीहरूको कार्य अतिवादी नभएकोमा जोड दिए।

शाहीले भने, “प्रधानमन्त्रीलाई जनताप्रतिको समर्पण प्रमाणित गर्न चुनौती दिन चाहन्छौं। देशका लागि काम गर्न नसके राजिनामा दिनुहोस् र घरमै बस्नुहोस्। आन्दोलन कसरी गर्ने भनेर देखाउनेछौँ,।

Leave a Reply

Your email address will not be published. Required fields are marked *