नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा बेपत्ता भएका विपिन जोशीको खोजीमा सहयोग गर्न हमाससँग सम्पर्कमा रहेका अन्य देशलाई आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । उनले विपिन जोशीको खोजी कार्य जारी रहेको र इजरायल र अन्य सरकारसँग समन्वय गरी खोजीका लागि पहल भइरहेको उल्लेख गरे ।
खोजीका लागि इजरायली सरकार बाहेक अन्य खाडी देशका सरकारसँग पनि समन्वय गरिएको उनले बताए। उनले यी राष्ट्रहरूसँगको सहकार्यमा विपिन जोशीको खोजीका लागि सरकारले सक्रिय रूपमा काम गरिरहेको बताए
गत शनिबार गाजास्थित हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परेर ४ जना विद्यार्थी घाइते भएका छन् भने जोशी बेपत्ता छन्।
उनी हमास समूहको नियन्त्रणमा रहेको आशंका गर्दै सरकारले सोही आधारमा पहल थालेको हो । कतारका विदेशमन्त्रीसँग हमास समूहको नियन्त्रणमा रहे नरहेकोबारे जानकारीका लागि पहल गरिदिन मन्त्री साउदले अनुरोध गरेका हुन्।
Leave a Reply