Ratopiro Khabar

सत्य र सहि संचार

अव विदेश भ्रमण जाने पालो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको

Spread the love

 सरकारी कामको बहानामा ऊर्जा मन्त्रालयको नेतृत्व नै बेफिक्री विदेश भ्रमणमा रहेको बेला फेरि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुई साताभित्र दुईवटा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिन जाने भएका छन् । मन्त्री बस्नेत यही अक्टोबर ३० देखि ०२ नोवेम्वर सम्म भारतको नयाँ दिल्लीमा हुने विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रको ७६औँ अधिवेशनमा सहभागी हुने कार्यक्रम छ ।

सो अवसरमा दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशकलाई पनि चार वर्षे कार्यकालका लागि नियुक्त गरिने छ । यसपटक क्षेत्रीय निर्देशक पदका लागि नेपालबाट डा शम्भुप्रसाद आचार्य र बंगलादेशकी साइमा बाजीद दावेदार छन् ।

मन्त्रिपरिषद्ले यी महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री बस्नेतसँगै स्वास्थ्य सचिव डा रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिव डा विकास देवकोटालाई सहभागी गराउने स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *