पाल्पामा जिप दुर्घटना ६ जनाको घटनास्थलमै मृत्यु

Spread the love

पाल्पाको रानीमहल नजिक जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको  छ ।तानसेनबाट रानीमहल जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ । मारिनेमा तीन महिला, दुई बालिका र एक पुरुष रहेका छन् ।

एकजना यात्रु गम्भीर घाइते भएका छन् र उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ । जिल्ला ट्राफिक कार्यालय पाल्पाका इन्चार्ज इन्स्पेक्टर राजकुमार चापागाईले सो जानकारी दिए ।

दुर्घटनास्थल रानीमहल दरबारबाट करिब २ किलोमिटरको दुरीमा रहेको छ । घटना ७० मिटर मुनिको सडकखण्डमा भएको इन्स्पेक्टर चापागाईले बताए । स्थान असाधारण रूपमा चुनौतीपूर्ण छ, र उद्धार कार्य गाह्रो साबित भइरहेको छ।

गाडीमा कति यात्रु छन् भन्ने यकिन संख्या भने हालसम्म थाहा छैन ।

दुर्घटनास्थलमा अहिले  जनपथ प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ ।

पर्यटकीय स्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट जीप खोलमा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्न ठूलो भीर र पहाड भएकाले उद्धारमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP