आज विजया दशमी ,टीका तथा प्रसाद ग्रहणको शुभ समय बिहान ११ बजेर २ मिनेटमा

Spread the love

आज विजया दशमी अर्थात् दुर्गा पूजाको मुख्य दिन । आशीर्वाद र समृद्धिको प्रतीकका रूपमा आज नवदुर्गाको आशीर्वादका रूपमा मानिसहरूले रातो टिका र जमरा लगाइदिने गरेका छन्, जुन आज ज्येष्ठ नागरिकको हातबाट ग्रहण गरिन्छ । दशैंमा नौ दिनसम्म घरघर वा पुजाघरमा पुजा गरिने प्रसाद अहिले ज्येष्ठ नागरिकले घरपरिवारका सदस्यलाई आशीर्वादका रूपमा दिने गर्दछन ।

टीका र प्रसाद ग्रहणको शुभ समय  नेपाल पञ्चाङ निर्णायक विकास समितिले आज बिहान ११ बजेर २ मिनेटमा सईता उत्कृष्ट अवस्थामा रहेको घोषणा गरेको छ । विजयादशमी आफैंमा शुभ दिन मानिएको हुनाले सामान्य व्यक्तिले टीका ग्रहण गर्नको लागि शुभ समय खोज्नुपर्दैन । समितिले आज बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जन हुने जानकारी दिएको छ ।

घटस्थापनाको स्थापना, वैदिक अनुष्ठानहरू पछि, उत्सवको सुरुवात चिन्ह लगाइन्छ, र विजया दशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमी आज सर्वसाधारणले पनि दुर्गाको आशीर्वाद स्वरूप टीका र जमरा ग्रहण गरी मनाइँदैछ । आजको दिन छुट्नेले कोजाग्रत पूर्णिमाको पूर्णिमासम्म ज्येष्ठ नागरिकबाट टीका ग्रहण गर्न सक्नेछन् ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP