नेपालमा हुन लागेको ट्वान्टी–२० विश्वकप छनोटका लागि स्पिनर सन्दीप लामिछानेसहित नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
आगामि सोमबारदेखि सुरु हुने खेलमा नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका छन् । टोलीमा सन्दीप लामिछाने पनि परेका छन् । यसअघि सन्दीपले व्यक्तिगत कारणले टी–२० अन्तर्राष्ट्रिय सिरिजमा भाग लिएका थिएनन् ।
विश्वकप छनोटका लागि एसिया छनोट प्रतियोगिता अक्टोबर १३ बाट नेपालमा सुरु हुँदैछ । दुई समूहमा विभाजन गरी कुल आठ टोलीले छनोट खेल्नेछन् । छनोटबाट शीर्ष दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा प्रवेश गर्नेछन् ।
Leave a Reply