एकै ठाउँमा चारजानाको विभत्स हत्या

Spread the love

काठमाडौंको गैह्रीगाउँमा चार जनाको विभत्स हत्या भएको छ । आक्रमणकारीले हत्या गर्न ‘खुकुरी’ को प्रयोग गरेका पाइएको छ। । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् ।

यस जघन्य अपराधमा दोलखाका तीन र धनकुटाका एकजना  छन् । घटना मध्यरात करिब १२ बजेतिर भएको बताइएको छ। स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालय काठमाडौंले घटनाको अनुसन्धान गरिरहेको छ ।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल,  कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् । उनीहरु सबैलाई अपराधमा प्रयोग गरिएको धारिलो हतियारबाट देखिने चोटपटक लागेको छ । कुमार भुजेल परीवार सहित काष्ठ मिलमा बस्दै आएका थिए ।

स्थानीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख एआईजी दीपक थापाले पीडितहरुको बारेमा जानकारी दिएका छन् । घटनाको अनुसन्धान भइरहेको छ, प्रशिक्षित प्रहरी अधिकारी र  विज्ञहरू संलग्न छन्।

प्रहरीका अनुसार घटनास्थलबाट सोधपुछको लागि काठमाडौं तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ ।  थप सोधपुछ भइरहेको छ ।हाल घटना भएको क्षेत्रलाई स्थानीय प्रहरी र जिल्ला प्रशासनले नजिकबाट अनुगमन गरिरहेको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP