नाशवानको नाशगर्ने
सत्यको दियोमा प्रज्योल कोर्ने
नयनरुपि प्रकाश दिने
है तिमि मेरो |
यो सासमा
यो मासमा
ति किरणहरुमा
यि मेरा आपतका डोबहरुमा
मलम छै तिमि |
जिबनका उकालि भिरमा
दुरदरजका गोरेटोमा
एकान्त यो मेरो मनमा
म र मेरा लागि है तिमि |
शन्खका धुनमा
मठका सग्ला श्वरुपमा
ति तनको कपासमा
यि मेरा बाणिको गहमा
मेरा सपनाका दैलिहरुमा
लुकामारी खेल्ने
निस्चल पबन है तिमि..
लिनु छैन तिमिलाई
दिनु छ पुर्ण
दुइ खोलिलाई
दोबान बनाई
सु ख दु ख एकैमा मिलाई
अबिरल कनचन
तिमि है मेरो |








