साथि म लागे
जिम्मेबारी छ म मा
यि मेरा निर्दोस आमा बाबाको
ति कलिला लालाबालाको
दिनु छ एक मुठि खुशि
यि मेरी प्यरिलाई ।
मागेका हैनन् ,कसैले म बाट
देख्दछु म, ति आखाको गहमा
सोचदछु म ,गरे के हिजो
छु म कहा आज
दिनु छ भोलि के ?
रहरले हैन
पुरा पेट खान
देश छोडि जानुलाई
जन्मे म यहि
पढे म यहि
हुर्के म यहि
किन जादैछु म, पसिना बेच्न विदेसमा ?
हिजो र आज
हात मुख जोड्न
जति गरे पनि मेहनत
फल, फुल्दो रहेन छ
छु म सिधा
जान्दैन ढाट्न
छैन मेरो कोहि
माथि सम्म पहुच
देख्दो रहेनछ राज्यले
यि मेरा दु ख
पाउदो रहेन छ आसाको ज्योति !
साथि म लागे
यहाँ मारेर आशा
सुनैलो भबिष्य खोज्न
पसिना बेचि खुसि ल्याउन
जिबिका धान्न ।
साथि
तिमिले गर्नु
जे छ यहि
नखानु हरेस
नकाट्नु नेटो
नबनाउनु चैतारि रित्तो
नछाडनु ति बुढि आमालाई एक्लो
साथि म लागे
पसिना बेच्न
पसिना बजारमा ।








