समयले शुन्य बनायो
सपनाको खोजिमा
सिडि उक्लदै थिए
शुन्यमा नै रुमलिए म
हासो छ मुहारमा हास्नको लागि
र हासिराछु
जिवन त छ जिवनमा जिउनको लागि
र त जिराछु
यि आँखाले देखेको छु उज्यालि
र पनि अंधेरी मै जेलिएको छु
खोजेको नै भेटेको छैन
मुटुनै भरिएको छैन…|
आट छ म मा
अब उठ्छु म फेरी
सुर्यको उदय सगै
चन्द्रमा लाई साचि राखेर
दिनमा र रातमा छाउने गरेर
उज्यालो बनेर
सितल भएर
मन लाई छोएर
आफ्ना लागि
आफै बच्ने बनेर ||








