Ratopiro Khabar

सत्य र सहि संचार

बालेनले सिकाय नेतालाई पाठ

Spread the love

चीनले आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण नै रद्द गरेका छन् ।

उनी चीन  सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बेइजिङ जाने कार्यक्रम तय भएको थियो । तर उनले बिहीबार फेसबुकमार्फत चीनले नेपालीको संवेदनशीलतामा गलत कदम चालेकाले नैतिकताका आधारमा चीन नजाने निर्णय गरेको बताएका छन् ।

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय  गरेको छु’, उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *