नेपालगञ्ज विमानस्थलबाट एक सरकारी कर्मचारीलाई २६ लाख नगदसहित नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा विमानस्थलमा सुरक्षा जाँचका क्रममा ठूलो परिमाणमा नगदसहित फेला परेका छ। विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो रकम फेला परेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई तत्कालै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।
नेपालगन्ज विमानस्थलको सुरक्षाकर्मीको टोलीले सापकोटालाई बिहानै पक्राउ गरेको थियो । स्रोतका अनुसार सापकोटाले बिहान ८ः४५ मा श्री एयरको उडानमा काठमाडौं जादै थिए। सापकोटासँगै अर्का एक व्यक्ति पनि थिए, जो फरार रहेको र अहिले काठमाडौंमा रहेको बताइएको छ ।
प्रहरीले २६ लाख नगदसहित सरकारी अधिकारीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । यस घटनाले नेपालगन्ज विमानस्थलको सुरक्षामा चिन्ता बढेको छ र प्रहरीले विमानस्थल परिसरको सुरक्षा र सुरक्षाका लागि थप पहल गरिरहेको छ ।
Leave a Reply