३०२ K.G सुन गएब, ५० जानालाई प्रतिवादी

Spread the love

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन तस्करीको घटनामा गरेको अनुसन्धान रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा चिनियाँ समूहले ब्रेक शुमा ३०२ किलो सुन तस्करी गरेको दाबि गरिएको छ । अन्य सामानहरूमा लुकाएको सुन बारे सीआईबी अझै अनुसन्धान गर्न बाँकी रहेको  बताएको छ।

सीआईबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ, जसले ६० किलो  सुनको तस्करीको अनुसन्धान गरेको थियो।  सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी प्रदान गर्दै “५० जनालाई प्रतिवादी बनाएको बताए।

२ साउनमा बरामद भएको ब्रेक शुमा  ६० किलो भन्दा बढी सुन प्राप्त भएको थियो। गोदामहरूमा छापा मार्दा अन्य समूहले यसरी समान ल्याएको देखिएको थियो। सीआईबीको अनुसन्धानमा ब्रेक शुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको   बज्राचार्यले बताए , “ब्रेक प्याडहरूलाई यकिन तौल गरेर ३०२.६२ किलो थप सुन ल्याएको देखिएको छ”।

सीआईबी ले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ विगो कायम गरेको छ। यसै संदर्भमा, सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ। यस मा आज सम्मान ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन्।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाएको छ। त्यसै आधार मानेर , सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ।

सोही प्रतिवेदनका आधारमा, सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्ने तयारीमा छ। विमानस्थल भन्सारका कार्यालयबाट जाँच पास भएको ६१ अवैध सुन रेडी ट्रेडमार्फत नेपाल आपको थियो ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP