डोटीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

Spread the love

डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।आइतबार बिहान २ः१८ बजे धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जी २७७६ नम्बरको जीप धनगढीबाट बाजुरातर्फ जाँदै गरेको शिखर गाउँपालिका–६ अनौलामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ की २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र ८ महिनाकी प्रार्थना मलाल रहेका छन् । जेठी छोरी प्रार्थनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यस दुःखद दुर्घटनामा हिमाली गाउँपालिका–५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय  दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि डोटीको शैलेश्वरी अस्पतालमा भर्ना गरिएको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP