डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।आइतबार बिहान २ः१८ बजे धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जी २७७६ नम्बरको जीप धनगढीबाट बाजुरातर्फ जाँदै गरेको शिखर गाउँपालिका–६ अनौलामा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका–५ की २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र ८ महिनाकी प्रार्थना मलाल रहेका छन् । जेठी छोरी प्रार्थनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यस दुःखद दुर्घटनामा हिमाली गाउँपालिका–५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि डोटीको शैलेश्वरी अस्पतालमा भर्ना गरिएको छ ।
Leave a Reply