मंसिर ७ मा दुर्गा प्रसाईको कार्यक्रमले काठमाडौंमा फोहोर मात्र गर्ने के.पि ओली

Spread the love

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष के.पी. शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते तय भएको प्रदर्शनले काठमाडौंमा फोहोर मात्रै  गर्ने  बताउएका छन । शनिबार पार्टीको सांगठनिक समन्वय कार्यक्रममा बोल्दै उनले प्रदर्शनले देशव्यापी रुपमा कुनै  प्रभाव नपर्ने बताए ।

कार्यक्रममा दुर्गा प्रसाईंको नाम जोडिएपछि ओलीले देशैभरका प्रतिक्रियावादी शक्तिहरू काठमाडौंमा अशान्ति फैलाउन जम्मा हुने भन्दै  चर्को आलोचना गरे ।

‘केही प्रतिक्रियावादी शक्तिले देशभरबाट काठमाडौं आउनका लागि मान्छे जम्मा गरिरहेका छन्, काठमाडौंमा फोहोर बाहेक अरु केही हुनेवाला छैन,’ उनले भने ।

सोही दिन नेकपाका युवा र विद्यार्थीले काठमाडौंमा प्रदर्शन गरेको पनि ओलीले स्वीकार गरे । सरकारले सही ढंगले काम गर्न नसके त्यसलाई प्रभावकारी प्रतिपक्ष नभई प्रतीकात्मक विरोधका रूपमा लिने उनले जोड दिए ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP