नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष के.पी. शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते तय भएको प्रदर्शनले काठमाडौंमा फोहोर मात्रै गर्ने बताउएका छन । शनिबार पार्टीको सांगठनिक समन्वय कार्यक्रममा बोल्दै उनले प्रदर्शनले देशव्यापी रुपमा कुनै प्रभाव नपर्ने बताए ।
कार्यक्रममा दुर्गा प्रसाईंको नाम जोडिएपछि ओलीले देशैभरका प्रतिक्रियावादी शक्तिहरू काठमाडौंमा अशान्ति फैलाउन जम्मा हुने भन्दै चर्को आलोचना गरे ।
‘केही प्रतिक्रियावादी शक्तिले देशभरबाट काठमाडौं आउनका लागि मान्छे जम्मा गरिरहेका छन्, काठमाडौंमा फोहोर बाहेक अरु केही हुनेवाला छैन,’ उनले भने ।
सोही दिन नेकपाका युवा र विद्यार्थीले काठमाडौंमा प्रदर्शन गरेको पनि ओलीले स्वीकार गरे । सरकारले सही ढंगले काम गर्न नसके त्यसलाई प्रभावकारी प्रतिपक्ष नभई प्रतीकात्मक विरोधका रूपमा लिने उनले जोड दिए ।
Leave a Reply