आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । वर्षभरी मनाइने २४ वटा एकादशीमध्ये हरिबोधिनी एकादशीको विशेष महत्त्व रहेको छ र त्यसमध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ । त्यसैले सामान्य भाषामा यसलाई ‘ठुला एकादशी’ पनि भनिन्छ।
आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । यस दिन खसगरि सखरखन्डा, पिंडालु , तरुल,कन्दमूल र विभिन्न फलफूलहरू प्रसादको रूपमा चढाइन्छ र खानि गरिन्छ।
हरिबोधिनी एकादशीका दिन काठमाडौं उपत्यकाका चार नारायण मन्दिर, देवघाट, रिडी लगायतका क्षेत्रमा पनि एकादशीको मेला लाग्ने गर्छ। देशभरका विष्णु मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
Leave a Reply