आज हरिबोधिनी एकादशी ,प्रसाद रूपमा सखरखन्डा, पिंडालु ,तरुल ,कन्दमूल खाने दिन

Spread the love

आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । वर्षभरी मनाइने २४ वटा एकादशीमध्ये हरिबोधिनी एकादशीको विशेष महत्त्व रहेको छ र त्यसमध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ । त्यसैले सामान्य भाषामा यसलाई ‘ठुला एकादशी’ पनि भनिन्छ।

आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । यस दिन  खसगरि सखरखन्डा, पिंडालु , तरुल,कन्दमूल र विभिन्न फलफूलहरू प्रसादको रूपमा चढाइन्छ र खानि गरिन्छ।

हरिबोधिनी एकादशीका दिन काठमाडौं उपत्यकाका चार नारायण मन्दिर,  देवघाट, रिडी लगायतका क्षेत्रमा पनि एकादशीको मेला लाग्ने गर्छ। देशभरका विष्णु मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP