आज तिनकुनेमा व्यापक सुरक्षा व्यवस्था

Spread the love

 आज काठमाडौं उपत्यकाको तिनकुने  आसपासमा स्थानीय प्रशासनले व्यापक सुरक्षा व्यवस्था लागू गरेको छ । चिकित्सा व्यवसायी  दुर्गा प्रसाईंले गणतन्त्रको विरोध गर्दै आज तिनकुने क्षेत्रमा आन्दोलनको घोषणा छन ।पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका थिए ।

साथै  हिजो उनले तिनकुने क्षेत्रमा आफ्ना समर्थकलाई संगठित गरी संसद भबन र सिंहदरबारतर्फ लैजाने योजना पनि सार्वजनिक गरेका थिए । तर, काठमाडौं जिल्ला प्रशासनले यसअघि उक्त क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिन अस्वीकार गरेको थियो ।

प्रशासनको निर्देशन विपरित तिनकुनेमा  प्रसाईंका समर्थकहरु भेला भएका छन् । उनीहरूलाई उचित काम बिना कुनै पनि प्रदर्शन गतिविधिमा संलग्न  नहुन प्रहरीले चेतावनी दिएको छ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP