आज काठमाडौं उपत्यकाको तिनकुने आसपासमा स्थानीय प्रशासनले व्यापक सुरक्षा व्यवस्था लागू गरेको छ । चिकित्सा व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्रको विरोध गर्दै आज तिनकुने क्षेत्रमा आन्दोलनको घोषणा छन ।पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका थिए ।
साथै हिजो उनले तिनकुने क्षेत्रमा आफ्ना समर्थकलाई संगठित गरी संसद भबन र सिंहदरबारतर्फ लैजाने योजना पनि सार्वजनिक गरेका थिए । तर, काठमाडौं जिल्ला प्रशासनले यसअघि उक्त क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिन अस्वीकार गरेको थियो ।
प्रशासनको निर्देशन विपरित तिनकुनेमा प्रसाईंका समर्थकहरु भेला भएका छन् । उनीहरूलाई उचित काम बिना कुनै पनि प्रदर्शन गतिविधिमा संलग्न नहुन प्रहरीले चेतावनी दिएको छ।
Leave a Reply