चालू आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या बढेको वैदेशिक रोजगार विभागले जनाएको छ । मंसिर (मंसिर–डिसेम्बर २०८०) महिनामा ७१ हजार २७६ जनाले वैदेशिक रोजगारीको स्वीकृति लिएका छन् ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृतिमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८० को साउन, भाद्र, आश्विन, कार्तिक र मंसिरसम्मको प्रारम्भिक पाँच महिनामा कुल २ लाख ७७ हजार ५९२ जनाले वैदेशिक रोजगारीका लागि विभागबाट अन्तिम श्रम स्वीकृति पाएका छन् ।
२०८० को साउनमा ५५ हजार ५ सय ७५, भाद्रमा ५० हजार ८ सय ८४, आश्विनमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६२२ र मंसिरमा ७१ हजार २७६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।
Leave a Reply