मंसिरमा मात्रै ७१ हजार भन्दा धेरै युवा लागे रोजगारीका विदेश

Spread the love

चालू आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनामा  वैदेशिक रोजगारीमा जानेको संख्या बढेको वैदेशिक रोजगार विभागले जनाएको छ । मंसिर (मंसिर–डिसेम्बर २०८०) महिनामा ७१ हजार २७६ जनाले वैदेशिक रोजगारीको स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृतिमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८० को साउन, भाद्र, आश्विन, कार्तिक र मंसिरसम्मको प्रारम्भिक पाँच महिनामा कुल २ लाख ७७ हजार ५९२ जनाले वैदेशिक रोजगारीका लागि विभागबाट अन्तिम श्रम स्वीकृति पाएका छन् ।

२०८० को साउनमा ५५ हजार ५ सय ७५, भाद्रमा ५० हजार ८ सय ८४, आश्विनमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६२२ र मंसिरमा ७१ हजार २७६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

https://ratopirokhabar.com/wp-content/uploads/2023/12/We-are-hiring.mp4

T0P OF THE TOP