आज नेपालमा नेपाल विद्युत प्राधिकरणले देशभर निर्माण गरेका ५१ वटा चार्जिङ स्टेसनको एकसाथ उद्घाटन गरिएको छ र थप ११ वटा चार्जिङ स्टेसन प्राधिकरणले बनाउने ।
नर्वे सरकारको सहुलीयतपूर्ण ऋण र प्राविधिक सहयोग र नेपाल विद्युतीय प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत ७ प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा गरी ५१ वटा चार्जिङ स्टेशन निर्माण गरिएको हो । आज भृकुटीमण्डपमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सचिव दिनेशकुमार घिमिरेले चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन् ।आगामी दिनमा यसलाई देशव्यापी रुपमा विस्तार गर्ने योजना बनाएको बताईन्छ।