कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने आक्रमणकारी श्याम बहादुर सापकोटाले नेताहरुले काम भन्दा कुरा धेरै गरेकाले खुकुरी हानेँको बताएका छन।
आज बुधबार रिपोटर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा नुवाकोटको बिदुर नगरपालिका ७ घर भएका श्याम बहादुर सापकोटाले यादवको टाउकोमा खुकुरीले आक्रमण गरेका थिए।
आक्रमण अघि रिपोटर्स क्लबको कार्यक्रममा सापकोटाले कांग्रेस नेता यादवको भाषण सुनेर बसेका थिए ।प्रहरी वृत्त सिंहदरबारमा राखिएका सापकोटाले प्रहरीसँगको बयानमा भनेका छन्–‘म राष्ट्रवादी हुँ, नेताहरुले काम भन्दा कुरा धेरै गरेकाले रिसमा खुकुरी हानेँ ।








